
शुक्रवार , माघ १६, २०७७
बुटवल, १६ माघ ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकास्थित मर्यादपुर माध्यामिक विद्यालयको अभिभावक भेलाले प्रदिप कुमार गौडको अध्यक्षतामा चार सदस्यीय विद्यालय ब्यवस्थापन समिति चयन गरेको छ । शुक्रबार भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उम्मेदवार इस्लाम खानलाई १ सय ५२ मतले पराजित गर्दै गौड अध्यक्षमा निर्वाचित भएका हुन ।
नवनिर्वाचित अध्यक्ष प्रदिप कुमार गौडले ४ सय ५२ मत ल्याएका थिए । त्यसै गरी विद्यालय व्यवस्थापन समितिको सदस्यमा राजेन्द्र यादव, महिला सदस्यमा चन्दा हरिजन, कृष्लाबच्चि धवल निर्वाचित भएका प्रमुख निर्वाचन आयुक्त तथा विद्यालयका प्रधानाध्यापक घनश्याम पाण्डेले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका एक जना सदस्य नवनिर्वाचित अध्यक्षबाट मनोनित हुने उनले बताए । नवनिर्वाचित अध्यक्ष गौडले विद्यालयको शैक्षिक र भौतिक विकासमा लाग्ने प्रतिवद्घता जनाए । विद्यालयमा ७ सय विद्यार्थीहरु अध्ययनरत छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij