आइतवार , आश्विन २८, २०८०
भैरहवा, २८ असोज ।
श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका–३, ५ र ६ ले दशैं, तिहार र छठ पर्वको अवसरमा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षता तथा सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवको सञ्चालनमा सम्पन्न कार्यक्रममा सक्षम सहारा बहुउद्देश्यीय महिला समूहकी सचिव लाजिना देवकोटा, दुर्गा मन्दिर किशोरपुर समाजकी अध्यक्ष पुनम क्षेत्री, उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सचिन रोक्कालगायतले बोलेका थिए ।
संस्थाका वरिष्ठ उपाध्यक्ष मधुसुदन अर्यालको स्वागत तथा सचिव शान्ता कंडेलको सञ्चालनमा कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष संजय बजिमयलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दुर्गा सामुदायिक सेवा केन्द्रका आजीवन सदस्य दर्पण श्रेष्ठ उद्योग व्यापार संगठन रुपन्देहीको अध्यक्षमा, आजीवन सदस्य एवं सल्लाहकार सचिन रोक्का संगठनको वरिष्ठ उपाध्यक्षमा र वरिष्ठ उपाध्यक्ष मधुसुदन अर्याल संगठनको उद्योग उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा सम्मान गरिएको सेवा केन्द्रले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij