२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

सिद्धार्थनगर–१ वडा कार्यालयको आयोजनामा वडास्तरीय क्रिकेट प्रतियोगिता हुँदै

सोमवार , आश्विन २९, २०८०

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २९ असोज ।
    सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालयको आयोजनामा वडास्तरीय वडा कप टेनिस क्रिकेट प्रतियोगिता हुने भएको छ । वडामा रहेका क्रिकेट खेलाडीको पहिचान गर्न र खेलाडीको उत्पादन गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको वडाअध्यक्ष उज्जवल पोखरेलले बताए । वडाअध्यक्ष पोखरेलका अनुसार कात्तिक १७ र १८ गते भैरहवास्थित सिद्धार्थ रंगशालामा प्रतियोगिता हुनेछ ।

    रुपन्देही क्रिकेट संघको सहकार्यमा हुने प्रतियोगितामा बेलहिया क्रिकेट क्लब, नवडिहवा क्रिकेट क्लब, एन.आर. क्रिकेट क्लब, हरनैया क्रिकेट क्लब, त्रिमुर्ती क्रिकेट क्लब र एम.बी.ए. क्रिकेट क्लब गरी ६ वटा टीमको सहभागीता रहने वडा सदस्य तथा प्रतियोगिताका संयोजक मिन बहादुर गुरुङले जानकारी दिए ।

    १ नम्बर वडाभित्र स्थायी ठेगाना भएका खेलाडीहरु प्रतियोगितामा सहभागी हुने र प्रतियोगिता सञ्चालन सम्बन्धी सूचना यसअघि नै जारी गरिसकिएको वडा सचिव प्रमोद कुमार चौबेले बताए ।