सोमवार , आश्विन २९, २०८०
भैरहवा, २९ असोज ।
लियो क्लब अफ सिद्धार्थनगरले नयाँ कपडा वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विजयी दशमीको अवसर पारेर रुपन्देहीको मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा उक्त कार्यक्रम गरिएको क्लबका वर्ष २०२३–०२४ का अध्यक्ष मनिष ढकालले बताए ।
बालगृहमा २४ सेट कपडा वितरण, केक काट्नुका साथै बालबालिकालाई टीका लगाएर लड्डु तथा दक्षिणा दिइएको कार्यक्रम संयोजक विवेक रौनियार गुप्ताले बताए ।
लियो क्लब अफ सिद्धार्थनगरका अध्यक्ष मनिष ढकालको अध्यक्षता, सिद्धार्थ बाल गृहकी सञ्चालक कृष्णमाया गुरुङ, लियो डिष्ट्रिक ३२५ पी का उपाध्यक्ष शारदा कुंवरको प्रमुख आतिथ्यता, एरिया चिफ सुमन पौडल, लियो क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष सुनिल सेन्चुरी, लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष रवि कुमार श्रेष्ठ, लियो क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष शार्दुल मयूर कसौधन, समिर पौडेल, निवर्तमान अध्यक्ष सतिश भुसालको विशिष्ट आतिथ्यता तथा लियो सिद्धार्थनगरका सचिव ज्ञान प्रकाश जैसवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij