images

आइतवार, बैशाख १६ गते २०८१

सोमबार रातीको तीव्र हावाहुरीले पाक्नै लागेको धानमा क्षति

सोमबार रातीको तीव्र हावाहुरीले पाक्नै लागेको धानमा क्षति

images
images
images
मंगलवार, आश्विन ३० २०८०
मंगलवार, आश्विन ३० २०८०
  • सोमबार रातीको तीव्र हावाहुरीले पाक्नै लागेको धानमा क्षति

    भैरहवा, ३० असोज । सोमबार राती आएको हावाहुरीसहितको पानीले रुपन्देहीमा धान खेतीमा ठुलो क्षति पुगेको छ । राती साढे ९ बजेतिर आएको तीव्र गतिको हावाहुरीसहितको पानीले काट्नका लागि तयारी अवस्थामा रहेको धानमा ठुलो क्षति पुगेको छ । 

    images

    सोमबार राति वर्षासँगै चलेको लगातारको तीव्र गतिको हावाहुरीले पाकेर काटेको धान, पाक्नै लागेको र पसाएर फुल्दै गरेका धानबाली ध्वस्त पारेको छ । पाक्न लागेको बेला चलेको हावाहुरीले परालसँगै लडाएर धान खेत सोत्तर बनाएको कृषकहरुले गुनासो गरेका छन् । 

    रुपन्देहीका विभिन्न स्थानमा हावाहुरीले धानखेतीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिव प्रसाद अर्यालले जानकारी दिए ।  उनले पसाएर फुल खेल्दै गरेको हरियो धानमा बढी क्षेती पुर्याएको जानकारी दिए । क्षतिको विवरण भने आइनसकेको प्रमुख अर्यालले जानकारी दिए । पाक्ने बेलाको धान ढलेपछि कृषकहरु चिन्तित छन् । 

    हावाहुरीका कारण सोमबार रातीदेखि विद्युत समेत प्रभावित भएको छ । हावाहुरीले विभिन्न ठाउँमा पोल ढाल्नुका साथै तार चुडालेका कारण विद्युतको मर्मत कार्य जारी रहेकाले विद्युत प्रवाह गर्न नसकिएको नेपाल विद्युत प्राधिकरण नयाँ मिल वितरण शाखाले जनाएको छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij