२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

भैरहवामा ‘डाण्डिया नाच’

मंगलवार , आश्विन ३०, २०८०

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, ३० असोज । 
    साँस्कृतिक पोशाकमा सजिएका महिलाहरु । साँझको समयमा संगीतको लहरमा नाचिरहेका थिए । रंगीचंगी कागजका कपडामा बेरिएका डान्डिया लिएर । सोमबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित दुर्गा मन्दिरमा । संगीतको तालसँगै, डाण्डिया र नाच्दै थिए उनका पाउहरु ।  दुर्गा मन्दिरमा नगर क्षेत्रका सामाजिक संघ–संस्थाको सहभागीतामा कार्यक्रम सम्पन्न भएको छ ।

    विश्व व्यापीकरणसँगै बाह्य देशका साँस्कृतिक चालचलनलाई पनि अन्य देशका समाजमा आत्मसाथ गर्दै आइरहेको छ । त्यसको उदाहरणस्वरुप यस्ता कार्यक्रमले महिलाहरुमा आत्मीयता, धर्म संस्कृतिबारे नयाँ विषय जानकारी पाउने हुँदा कार्यक्रमको आयोजना गरिको आयोजक समितिले जनाएको छ ।

    393486432_212473581745980_5504800504695009231_n.jpg

    भजन, आरती तथा साँस्कृतिक नृत्यले सहभागीहरुमा उत्साह आएको देखिन्थ्यो। नगर क्षेत्रमा रहेको दीपज्योति महिला सचेतना समूह, राष्ट्रिय सेविका नेपाल, हेभेन्ली गार्डेन किड्स क्याम्पस, लायन्स क्लब अफ सिद्धार्थनगर टुलिप, जेसीआई सिद्धार्थ लेडी नेपाल, इनरह्वील क्लब अफ लुम्बिनी, राधेराधे परिवार, वैदिक सनातन धर्म सेवा समिति, लायन्स क्लब अफ क्रियटिभ लेडी, लायन्स क्लब अफ नोबल लेडी लगायतको सहभागीतामा सम्पन्न भएको हो । नगरक्षेत्रका महिलाहरुसँग सहभागीताले उल्लासमय वातावरण भएको आयोजकले जनाएका छन् ।