२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

शान्ति पुनस्र्थापना गृहद्वारा एक वर्षमा २०७२ जनालाई परामर्श 

मंगलवार , आश्विन ३०, २०८०

  • 970
    Shares
  • 970
    Shares
  • भैरहवा, ३० असोज । 
    मानव बेचखिन तथा ओसारपोसारविरुद्ध क्रियाशिल सामाजिक संस्था शान्ति पुनस्र्थापना गृहले आर्थिक वर्ष २०७९/०८० मा मानव बेचबिखन तथा ओसारपोसारको जोखिममा रहेका २ हजार ७२ जनालाई परामर्श दिएको छ ।

    आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित कार्यक्रमहरुको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रममा संस्थाले उक्त जानकारी गराएको हो ।

    सोमबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले मानव बेचबिखनको जालो भयावह रहेको बताउँदै यसकाविरुद्ध संगठित भएर लाग्नुपर्नेमा जोड दिए ।

    त्यस्तै विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले नगरक्षेत्रका जोखिमा पर्न सक्ने समूदायमा सचेतनमूलक कार्यक्रममा गर्ने र मानव बेचबिखनविरुद्धको अभियानमा नगरपालिकाले सहकार्य गर्ने बताइन् ।

    त्यसै गरी कार्यक्रमका अध्यक्ष शान्ति पुर्नस्थापना गृहका उद्दार संयोजक भुमिराज भट्टराईले मानवबेचविखन तथा ओसारपोसार जस्तो जघन्य अपराधलारुई जरैबाट निर्मुल गर्न आगामी वर्ष थप योजना बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले नागरिक समाज, संचारकर्मी, जनप्रतिनिधि, सरक्षाकर्मी लगायत सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।

    शान्ति पुर्नस्थापना गृह रुपन्देहीकी संयोजक निशा पन्थीले प्रस्तुतीकरण गरेको कार्यक्रममा क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदी,  मानवअधिकारकर्मी रिमा विसी, ईलाका प्रहरी कार्यालयका बेलहियाका प्रमुख प्रहरी निरिक्षक कृष्ण प्रसाद बिष्ट लगायतले बोलेका थिए ।