images
images

आइतवार, जेठ ६ गते २०८१

समावेशी ग्रामीण विकास परियोजनाद्वारा कम्बाईन हार्भेस्टर, टेक्टरसहित कृषियन्त्र हस्तान्तरण

समावेशी ग्रामीण विकास परियोजनाद्वारा कम्बाईन हार्भेस्टर, टेक्टरसहित कृषियन्त्र हस्तान्तरण

images
images
images
आइतवार, माघ १८ २०७७
आइतवार, माघ १८ २०७७
  • समावेशी ग्रामीण विकास परियोजनाद्वारा कम्बाईन हार्भेस्टर, टेक्टरसहित कृषियन्त्र हस्तान्तरण

    परासी, १८ माघ । 
    समावेशी ग्रामीण परियोजनाद्धारा नवलपरासीको सुनवल नगरपालिकाका–९ का कृषकहरुलाई कृषि यन्त्र हस्तान्तरण गरिएको छ । कृषकहरुलाई प्रोत्साहन गर्दै आधुनिक व्यवसायिक खेतीतर्फ आकर्षिक गर्न उक्त परियोजनाद्धारा नगरपालिका ९ मंगलनगरमा रहेको स्वाठी कृषि सहकारी संस्थालाई ८ प्रकारको कृषि यन्त्र हस्तान्तरण गरिएको हो । 

    images
    images
    images

    कोईकाको आर्थिक सहयोग तथा गुड नेवरर्स इन्टरनेशनलको प्राविधिक सहयोग एवं सहमति गैडाकोटको आयोजनामा उक्त आधुनिक कृष यन्त्रहरु हस्तान्तरण गरिएको हो । सुनवल नगरपालिको सिफारिसमा परियोजनाद्धारा आएको ती कृषि यन्त्रहरुलाई एक औपचारिक कार्यक्रमबीच सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाक्षेत्रीले कृषि सहकारीका अध्यक्ष बीर बहादुर थापालाई हस्तान्तरण गरेका हुन् । 

    परियोजनाले दिएको कृषि यन्त्रहरुमा धान गहुँ काटने कम्बाइन हार्वेस्टर १ थान, ट्रयाक्टर ट्राली १ थान, ल्यान्ड लेजर लेवलर १ थान, पोटेटो हार्वेस्टर १ थान, पोटेटो पलान्टर १ थान, ह्याप्पी सिडर १ थान, रोटाभेटर १ थान गरि कुल ६६ लाख ५० हजार ९५ रुपैयाँ पचिस पैसा बराबरको उक्त आधुनिक कृषि यन्त्र हस्तान्तरण गरिएको सहमतिका अध्यक्ष करुणासागर सुवेदीले जानकारी दिए । आधुनिक कृषियन्त्र हस्तान्तरण गर्दै नगरप्रमुख भरत थापाले यसको प्रयोगबाट यस क्षेत्रका कृषकहरु उत्पादनमा बृद्धि गर्ने विश्वास व्यक्त गरे । 

    कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले उक्त क्षेत्रलाई कृषि पकेट क्षेत्र बनाउने नगरपालिकाको योजना रहेको सुनाउदै प्राप्त कृषि यन्त्रहरुको सदुप्योग गर्ने र यसबाट प्रत्यक्ष लाभ उठाउन कृषकहरुलाई सुझाव दिए । समावेशी ग्रामीण विकास परियोजना पुर्वी तथा पश्चिमी नवलपरासीको २ नगरपालिका र ४ गाउँपालिकामा गरी कुल १३ वडामा सञ्चालित छ।

    कृषि यन्त्र हस्तान्तरण कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर ९ वडाअध्यक्ष कन्हैया थारु, सहमतिको अध्यक्ष करुणा सागर सुवेदी, गुड नेवर्स इन्टरनेशनल नेपालका टिम लिडर लोक बहादुर थारु, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष हरि शर्मा, जीविकोपार्जन विज्ञ सुनिल दुलाल, सहकारी व्यवस्थापक पुनम जैसवाल, सहकारीको सदस्य टंक कुवर लगायतले कृषि यन्त्र राम्रोसँग सदुपयोग गरि कृषि क्षेत्रमा फडको मार्न सुझाव दिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij