२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

लायन्स तिलोत्तमा स्टार्सको आयोजनामा निःशुल्क आँखा जाँच शिविर

बुधवार , कार्तिक १, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • तिलोत्तमा, १ कार्तिक ।
    लायन्स क्लब अफ तिलोत्तमा स्टार्सको आयोजना तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । मंगलबार तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित श्री गिर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा उक्त शिविर भएको हो ।

    लायन्स क्लब अफ तिलोत्तमा स्टार्सकी अध्यक्ष लक्ष्मी थापाको अध्यक्षता,  लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजुको प्रमुख आतिथ्यता, लायन्स तिलोत्तमा स्टार्सका द्वितीय उपाध्यक्ष प्रतीक पाण्डेयको स्वागत तथा प्रथम उपाध्यक्ष बिना पौडेल क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक केदारचन्द्र पराजुली, लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष लायन रिंकु लिगल, वरिष्ठ नेत्र अधिकृत संजीव अधिकारी, जोन चेयरपर्सन .गोबिन्द प्रसाद गिरीले बोलेका थिए । 

    शिविरमा ३५० जनाको आँखा परीक्षण गरिएको र ५ जनालाई थप उपचारको लागि लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवा रिफर गरिएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिए।