२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

नेपालसँग युएई सात विकेटले पराजित

बुधवार , कार्तिक १, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, १ कार्तिक । टी-२० विश्वकप छनोट अघिको अभ्यास खेलका रूपमा रहेको त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा युएई नेपालसँग सात विकेटले पराजित भएको छ।

    मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।

    नेपालको जितमा कप्तान रोहित पौडेलले ५१ रनको अविजित अर्धशतकीय इनिङ खेल्दा दिपेन्द्र सिंह ऐरीले ३४ रनको अविजित इनिङ खेले। त्यसअघि ओपनर कुशल भुर्तेलले १४ रन बनाउँदा आशिफ शेख २३ रनमा आउट भए। त्यस्तै कुशल मल्लले ११ रन बनाएका थिए। युएईका लागि निलन्सा केशवानाले १-१ विकेट लिएका थिए।

    युएईका लागि बसिल हमीदले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेल्दा अली नसिरले ३२ रन बनाए। त्यस्तै असिफ खानले १५ रन बनाउँदा कप्तान मुहम्मद वासिमले १७ रन बनाए। नेपालका लागि करण केसीले ३ विकेट लिंदा गुल्सन झाले २ तथा सोमपाल कामी र अभिनास बोहोराले समान १-१ विकेट लिएका थिए।