२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

गाजाबाट १० लाख मानिस विस्थापित : संयुक्त राष्ट्र संघ

बिहिवार , कार्तिक २, २०८०

जेरूसलम, २ कार्तिक । 
संयुक्त राष्ट्र संघले गाजाबाट करिब १० लाख मानिस विस्थापित भएको जनाएको छ । इजरायली धम्कीपछि १० लाख प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेका छन्, जुन घेराबन्दीमा परेको एन्क्लेभको आधा जनसंख्या बराबर रहेको छ ।

संयुक्त राष्ट्रको पछिल्लो मानवीय अपडेट अनुसार मध्य र दक्षिणी गाजामा प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सी युएनरडब्लुए सञ्चालित स्कूलहरूमा आश्रय खोज्ने लगभग ३ लाख ५२ हजार मानिसहरू समावेश छन् ।

युएनरडब्लुएले स्कूलहरू भित्रका अवस्थाहरूलाई ‘बढ्दो रूपमा डरलाग्दो’ भनेर वर्णन गरेको छ । तीमध्ये एउटा विद्यालय, मध्य गाजाको अल मगाजी शरणार्थी शिविरमा मात्रै लगभग ४ हजार आन्तरिक रूपमा विस्थापित मानिसहरू आश्रय लिइरहेका थिए । जसमाथी इजरायली हवाई हमला परेपछि कम्तिमा ६ जनाको मृत्यु भएको राष्ट्र संघले जनाएको छ ।