images

आइतवार, बैशाख १६ गते २०८१

मंसिर ६ देखि भैरहवामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव

मंसिर ६ देखि भैरहवामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव

images
images
images
बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • मंसिर ६ देखि भैरहवामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव

    भैरहवा, २ कार्तिक ।
    चेम्बर अफ कमर्स, रुपन्देही ( उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा आगामी मंसिर ६ देखि मंसिर १८ गतेसम्म रुपन्देहीको भैरहवामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० हुने भएको छ ।

    images

    आर्थिक मन्दीका कारण शिथिल रहेको बजारलाई चलायमान बनाउनुका साथै परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी राष्ट्रिय साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहन स्वरुप प्रर्वद्धन गर्ने लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको विकास गर्ने र लुम्बिनीलाई यस क्षेत्रको पर्यटकीय आर्थिक पर्यटन रुपमा विकास गर्ने, उत्पादक र उपभोक्ताबीच सिधा सम्पर्क तथा उपभोक्तामुखी क्रियाकलापमा वृद्धि गराई स्थानीय वस्तुको बजार व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बुधबार संगठनले भैरहवामा पत्रकार भेटघाट कार्यक्रम गरी जानकारी गराएको छ ।

    कृषिलाई वैज्ञानिक तथा व्यवसायीकरण गर्ने र गर्नमा सहयोग पुर्याउने, आधुनिक उपकरण, नवीन प्रविधि, औद्योगिक उपकरणहरुका बारेमा उद्यमी व्यवसायी तथा कृषकलाई जानकारी गराउने, सूचना प्रविधिमा पहुँच पुर्याउने र विकास र विस्तारमा सहयोग पुर्याउने तथा स्थानीय स्तरमा उत्पादित वस्तु तथा हस्तकला सामग्रीको बजार विस्तार र प्रबन्ध मिलाउने महोत्सवको उद्देश्य रहेको संगठनले जनाएको छ ।

    महोत्सव सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित अञ्चलपुरमा हुनेछ । चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले ३ लाख दर्शकले अवलोकन गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको महोत्सव सम्पन्न गर्न १ करोड २० लाख रुपैयाँ खर्च अनुमान गरिएको जानकारी दिए ।

    अध्यक्ष श्रेष्ठका अनुसार महोत्सवमा ३ सय ५० स्टल रहनेछन् । महोत्सव आयोजना गर्न अध्यक्ष श्रेष्ठको संयोजकत्वमा ४२ सदस्यीय मूल आयोजक समिति, २५ सदस्यीय विशेष सल्लाहकार समिति र १५१ सदस्यीय सल्लाहकार समितिसहित विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

    महोत्सवको संरक्षक नेपाल चेम्बर अफ कमर्स काठमाण्डौं र लुम्बिनी प्रदेश चेम्बर अफ कमर्स रहेका छन् । त्यस्तै महोत्सवको सह–आयोजक सिद्धार्थनगर नगरपालिकासहित रुपन्देहीका सम्पूर्ण स्थानीय पालिकाहरु रहेका छन् । 

    महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई ८० रुपैयाँ, विद्यार्थीलाई ५० रुपैयाँ र समूहमा आउने विद्यार्थीलाई ३० रुपैयाँ तोकिएको अध्यक्ष श्रेष्ठले जनाए । 

    शनिबार र सार्वजनिक विदाको दिनबाहेक अन्य दिनहरुमा बिहान ११ बजेसम्म र ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तहरुका लागि महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था रहेको बताए ।

    संगठनका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज र आर्थिक मन्दीले थला परेको अर्थतन्त्रमा थोरै भए पनि गति आओस् भन्ने उद्देश्यले महोत्सव आयोजना गर्ने निर्णय गरिएको बताए । उनले यस क्षेत्रका उद्योगी, व्यवसायी, नागरिक समाज, संस्कृति प्रेमी समुदाय, संचारकर्मी सबैको सहयोगमा महोत्सव सफल हुने विश्वास व्क्त गरे ।

    संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले कोभिड महामारीपछि शिथिल देखिएको बजारलाई चलायमान बनाउन महोत्सव प्रभावकारी हुने र स्थानीय उत्पादनको बजारीकरण हुने विश्वास व्यक्त गरे । 

    पत्रकार भेटघाट कार्यक्रममा पूर्वअध्यक्ष खिमबहादुर खत्री, वरिष्ठ उपाध्यक्ष सचिन रोक्का, महासचिव लक्ष्मी अधिकारीलगायतले महोत्सवका विविध विषयमा जानकारी दिएका थिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij