images

आइतवार, बैशाख १६ गते २०८१

कृषिजन्य खाद्य वस्तु उत्पादनमा योगदान गरेका किसान पुरस्कृत 

कृषिजन्य खाद्य वस्तु उत्पादनमा योगदान गरेका किसान पुरस्कृत 

images
images
images
शुक्रवार, कार्तिक ३ २०८०
शुक्रवार, कार्तिक ३ २०८०
  • कृषिजन्य खाद्य वस्तु उत्पादनमा योगदान गरेका किसान पुरस्कृत 

    भैरहवा, ३ कार्तिक ।
    विश्व खाद्य दिवसको अवसरमा लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयले ८ जना किसानलाई पुरस्कृत गरेको छ । कृषि प्रविधिको प्रयोग गरी उत्पादन र उत्पादकत्व बढाएको भन्दै किसानहरुलाई निर्देशनालयले नगद ८ हजार रुपैयाँसहित सम्मान गरेको हो । रुपन्देही, पश्चिम नवलपरासी, बर्दिया, रोल्पा, पाल्पा र दाङका खाद्यान्न, तरकारी, मसलाजन्य बाली र मौरीपालक किसान पुरस्कृत भएका हुन् । 

    images

    लुम्बिनी प्रदेश खाद्यान्नमा आत्मनिर्भर छ भने तरकारी र फलफूलमा आत्मनिर्भर उन्मूख छ । प्रादेशिक कृषिजन्य खाद्य वस्तुको प्रतिव्यक्ति उपलब्धतामा दलहन र तेलहन बालीमा करिब १० प्रतिशतले न्यून रहेको तथ्यांक छ । प्रदेशको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २९ दशमलव ४० प्रतिशत रहेको छ । प्रदेशको ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जमिनमध्ये ५ लाख ३५ हजार ३ सय ४० हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ । 

    सिंचाई प्रदेशलाई कृषिजन्य खाद्यबस्तुमा आत्मनिर्भर बनाउने गरी कार्य भइरहेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाले बताए । खाद्य वस्तुहरुमा दिगो पहुँच र उपभोग वृद्धिमार्फत खाद्य तथा पोषण सुरक्षा हासिल गर्ने मन्त्रालयको लक्ष्य छ । उत्पादन र उत्पादकत्व बढाउन गुणस्तरिय बिउ, सिंचाई सुविधा र मलखादको आवश्यकता पर्दछ । तर, किसानहरु ती कुराहरुबाट विमुख छन् ।

    जग्गा खण्डीकरणले खेतीयोग्य जमिन नासिदै गएका बेला तीनै तहका सरकारले जग्गा चक्लाबन्दीलाई प्राथमिकता दिनुपर्ने ४३ औं खाद्य दिवसमा बोल्ने वक्ताहरुले बताए । लुम्बिनी प्रदेशमा खाद्य सुरक्षाका लागि जलवायु परिवर्तन, रोग किराजन्य महामारी, कृषि सामग्रीहरुमा सीमित पहुँच, बजार पहुँच सीमितको हुनु जस्ता चुनौतीहरु रहेका छन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij