
शनिवार , कार्तिक ४, २०८०
भैरहवा, ४ कार्तिक ।
जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवको कारवाही फुकुवा÷फिर्ता भएपछि पार्टीका नेता तथा कार्यकर्ताले उनलाई सम्मान गरेका छन् यादवलाई पार्टीको केन्द्रीय सचिवालयबाट तीन महिनाका लागि निलम्बन गरिएको थियो ।
केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवको कारवाही फुकुवा भएपछि रुपन्देहीका नेता–कार्यकर्ता उत्साहित भएको पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रामकेश गुप्ताले बताए । उनलाई शनिबार भैरहवामा नेता–कार्यकर्ताले भव्य रुपमा स्वागत तथा सम्मान गरेको गुप्ताले जानकारी दिए । नेता–कार्यकर्ताले यादवको कारवाही फुकुवा गरेको भन्दै पार्टीका केन्द्रीय अध्यक्ष डा. सी.के. राउतलाई धन्यवाद दिएका छन् ।
रुपन्देही निवासी नेता यादवलाई जनमत पार्टीले गत साउन ३ गतदेखि पार्टीको केन्द्रीय सचिवालयबाट निलम्बन गरेको थियो । उनी गत २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij