images

आइतवार, बैशाख १६ गते २०८१

मुलुकको अर्थतन्त्र उकास्न सहकारी संस्थाहरूको भूमिका महत्वपूर्ण : मन्त्री पाण्डेय

मुलुकको अर्थतन्त्र उकास्न सहकारी संस्थाहरूको भूमिका महत्वपूर्ण : मन्त्री पाण्डेय

images
images
images
शनिवार, कार्तिक ४ २०८०
शनिवार, कार्तिक ४ २०८०
  • मुलुकको अर्थतन्त्र उकास्न सहकारी संस्थाहरूको भूमिका महत्वपूर्ण : मन्त्री पाण्डेय

    रुपन्देही, ४ कार्तिक ।

    images

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले मुलुकको अर्थतन्त्र उकास्न सहकारी संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उनले राष्ट्रिय अर्थतन्त्रमा योगदान दिनका लागि विशेष अभियान सञ्चालन गर्ने सहकारीलाई प्रदेश सरकारले प्रोत्साहन गर्ने बताए ।

    रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा कामना बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूका लागि आयोजना गरेको तरकारीको बीऊबिजन वितरण तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री पाण्डेयले त्यस्तो बताएका हुन् ।

    कामना सहकारीले वितरण गर्ने हजारौं थान बीऊका प्याकेटले हजारौं किलो आयातित विषादीयुक्त तरकारी विस्थापित गर्दै स्वदेशी पूँजी र जैविक जीवनमा योगदान दिने भन्दै मन्त्री पाण्डेयले प्रशंसा गरे । सउनले शेयर सदस्यहरूमा कृषिप्रतिको महत्व उजागर गर्ने उल्लेख गरे ।

    कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी सञ्चालक सन्दिप सापकोटाले राष्ट्रिय अर्थतन्त्रका लागि पीँधैदेखि नतिजामुखी अभियान चलाउने सहकारीलाई सरकारले विशेष ग्राह्यता दिन आग्रह गरे ।

    कामना बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा प्रबन्ध निर्देशक यादव कोइरालाले मातृभूमिको आवश्यकता बमोजिम विकासको जग बसाल्न भनेरै आफूहरूले सहकारीबाट निरन्तर सामाजिक उत्तरदायित्व, शेयर सदस्य कल्याण तथा लोककल्याणका काम गर्दै आएको बताए ।

    बहुउद्देश्यीय सहकारी संघ रूपन्देहीका अध्यक्ष रमणी डुम्रेले जनआधारसहित समाजको विकासका लागि बहुउद्देश्यीय सहकारी एकाकार भई सर्वाङ्गीण विकासका लागि आफूहरूले पहल थालेको बताउनुभयो ।

    सामाजिक अभियन्ता तथा प्रशिक्षक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघ रूपन्देहीका कोषाध्यक्ष कमला थापा, जन एकीकृत बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष जगन्नाथ न्यौपाने, स्वर्गद्वारी टोल विकास संस्थाका अध्यक्ष सुरज पाठक लगायतले बोल्दै सहकारीता नै जनताको सारथी भएको उल्लेख गरे ।

    सो अवसरमा प्रमुख अतिथिका हातबाट सहकारीमा आबद्ध एक हजारजना सदस्यका लागि ‘कृषि प्रवद्र्धनमा हाम्रो प्रयास’ भन्ने मूल नारासहित साग, मूला, सिमीलगायत तरकारीका प्याकेटहरू चाडपर्वको शुभकामना स्वरूप निःशुल्क वितरणको शुभारम्भ गरिएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij