२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

फिट्नेस क्याम्प तथा पाठ्यसामग्री वितरण

आइतवार , माघ १८, २०७७

भैरहवा, १८ माघ ।
युथ फर कन्जरभेसन एण्ड सस्टेनएवल एग्रिकल्चर (वाइसीएसए) र रुद्रदेवी कला केन्द्रको संयुक्त आयोजनामा सिद्धार्थनगर नगरपालिका–२ मा अवस्थित बहिरा बाल मा.वि.मा जुम्बा हेल्थ फिटनेस क्याम्प तथा पाठ्यसामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा अस्कन एजुकेशनद्वारा आर्थिक सहयोग गरिएको थियो ।

वाइसीएसएका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शारीरिक रुपमा विशेष क्षमता भएका बालबालिकाहरुमा हुने भिन्न किसिमका प्रतिभाको प्रस्फुटन गराउनको लागि सो कार्यक्रममा जुम्बा नाच गराइएको थियो ।
त्यस्तै कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा अनुमानित १३५ जना विद्यार्थीको उपस्थितिमा फेरी जुम्बा नाच गरियो । दुवै दिनको कार्यक्रममा सहभागीहरुको उपस्थिति राम्रो थियो र कार्यक्रम पनि निकै प्रभावकारी भएको कार्यक्रम संयोजक धिरज कुमार पौडेलले बताए ।

जुम्बा नाच नियमित रुपमा गर्नाले शारीरिक मात्र नभइ मानसिक रुपमा समेत स्वस्थ रहन सकिने कार्यक्रमका प्रशिक्षक सुनिल गुप्ताले बताए । बालबहिरा माविमा उपस्थित विद्यार्थीहरुलाई नियमित रुपमा प्रयोग हुने पाठ्यसामग्री वितरण गर्दै कार्यक्रमको समापन गरिएको थियो ।