२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

जग्गा फुकुवाबारे लुम्बिनी प्रदेश सरकारको निर्णयमा कांग्रेसको स्वागत

सोमवार , कार्तिक ६, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • रूपन्देही, ६ कार्तिक । 
    लुम्बिनी प्रदेश सरकारले गरेको जग्गा फुकुवासम्बन्धी निर्णयलाई नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ३ वर्षदेखि रोक्का जग्गा फुकुवा गरेकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्दै निर्णयको स्वागत गरेका  

    यो निर्णयसँगै लुम्बनी प्रदेश सरकारले आफूलाई स्थानीय विकास, समृद्धि, जनजीविका र आवश्यकताकाप्रति सचेत र जवाफदेही रहेको प्रमाणितसमेत गरेको उनले बताएका छन् ।

    ‘यथासक्य छिटो राजधानी व्यवस्थापनका सम्पूर्ण प्रविधिक पक्षहरूका साथ कित्ताकाट समेतको जग्गा फुकुवा गर्ने कार्यको पूर्णता दिन अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकारका मुख्यमन्त्री माननीय डिल्लीबहादुर चौधरीज्यू, माननीय मन्त्रीज्यूहरू लगायत सम्पूर्णमा नेपाली कांग्रेस क्षेत्र नं १ दाङ हार्दिक आभार व्यक्त गर्दछ ।’ २०७७ असोज १६ गते तत्कालीन सरकारले १४ वटा वडाको करिब १० हजार विगाह जग्गा रोक्का राख्ने निर्णय गरेको थियो ।

    Congress Dang.jpg