images
images

बुधवार, जेठ २ गते २०८१

टी २० आई त्रिकोणात्मक सिरिज : यूएईमाथि नेपालको ५ विकेटको जित 

टी २० आई त्रिकोणात्मक सिरिज : यूएईमाथि नेपालको ५ विकेटको जित 

images
images
images
सोमवार, कार्तिक ६ २०८०
सोमवार, कार्तिक ६ २०८०
  • टी २० आई त्रिकोणात्मक सिरिज  : यूएईमाथि नेपालको ५ विकेटको जित 

    काठमाडौं, ६ कार्तिक ।
    त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजअन्तर्गत सोमबार (आज) यूएईविरुद्धको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६२ रन बनाए । त्यस्तै रोहित पौडेलले ४७ रन बनाए । 

    images
    images
    images

    नेपालले सुरुवातमै महत्वपूर्ण ३ विकेट गुमाएको थियो । ३ ओभर नखेल्दै कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ल आउट भएका थिए । आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यान भने चलेनन् । कुशल भुर्तेल १, सोमपाल कामी २ र कुशल मल्ल शून्य रनमै आउट भए । त्यसपछि ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेल र ओपनिङ ब्याटर आसिफ शेखले ९९ रनको साझेदारी गर्दै नेपालको ब्याटिङ लाइन सम्हालेका थिए ।

    आसिफ आउट भएपछि ब्याटिङ गर्न आएका दीपेन्द्रले उत्कृष्ट सुरुवात गरे । दीपेन्द्र १५ बलमै एक छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे ।

    नेपालविरुद्ध यूएईका मुहम्मद जावदुल्लाहले २ तथा अकिफ राजा र अलि नासीरले १–१ विकेट लिए । नेपालका १ जना ब्याटर (कुशल मल्ल) रनआउट भएका थिए । 

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो । यूएईका लागि वृत्या अरविन्द र बसिल हमीदले समान ४५ रन बनाए । यूएईका लागि सर्वाधिक रन बनाएका दुवै खेलाडी नेपालका अविनाश बोहराबाट आउट भएका थिए । यूएईका लागि असिफ खानले १८ तथा खालिद शाहले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

    नेपालका लागि सोमपाल कामी र अविनाश बोहराले समान २–२ विकेट लिए । त्यस्तै करण केसी र गुलसन झाले १–१ विकेट लिए भने यूएईका १ जना ब्याटर रनआउट भएका थिए ।

    सिरिजको पहिलो खेलमा युएई नेपालसँग ७ विकेटले पराजित भएको थियो । फाइनल खेल शुक्रबार हुनेछ।

     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij