२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

खेलाडी राष्ट्रका अमूल्य गहना हुन् : रोहिणी अध्यक्ष यादव

बुधवार , कार्तिक ८, २०८०

भैरहवा, ८ कार्तिक ।
रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले खेलकुद क्षेत्रको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी राष्ट्रको अमूल्य गहना भएको बताएका छन् । श्री संगम सहारा युवा क्लब तिलोत्तमा नगरपालिका–१० सगरहवा, रुपन्देहीद्वारा आयोजित विविध साँस्कृतिक कार्यक्रम, कुस्ती (दंगल), दुर्गा मूर्ति बिसर्जन तथा मेला समारोहलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

विजया दशमीको अवसरमा तिलोत्तमा–१० सगरहवा, स्वर्गरोहिणी देवी घाट प्रांगणमा भएको कार्यक्रममा बोल्दै उनले कुस्ती प्रतियोगिता आयोजना हुनु सराहनीय कार्य भएको बताए । उनले भने, ‘खेलाडीले आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएका छन् । खेलाडीलाई प्रोत्साहन गर्नुपर्छ ।’  कार्यक्रमका प्रमुख अतिथि रहेका अध्यक्ष यादवले कुस्ती खेलमार्फत पनि नेपाली खेलाडीले नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सफल भएको बताए । ’

रोहिणी गाउँपालिकाले कुस्ती खेलको संरक्षण गर्न उद्देश्यले कुस्ती प्रतियोगिताको आयोजना गरेको र आगामी दिनमा पनि निरन्तरता दिदै जाने उनको भनाइ छ । कुस्ती (दंगल) प्रतियोगिताको अध्यक्ष यादवले उद्घाटन गरेका थिए ।

uuu.jpg

कुस्ती (दंगल) प्रतियोगितामा नेपालका बसन्त थापा च्याम्पियन भएका छन् । प्रतियोगितामा नवलपुर त्रिवेणीका बसन्त थापा च्याम्पियन भएका हुन् । त्यस्तै रुपन्देहीका धर्मेन्द्र यादव द्वितीय र त्रिवेणीका बलि बहादुर थापा तृतीय भएका छन । प्रतियोगितामा नेपाल र भारतका १२ जना पहलमानहरुको सहभागीता रहेको थियो । सगरहवा टोल विकास संस्थाको सह–आयोजनामा भएको कार्यक्रममा पहलमानहरुको कुस्ती हेर्न रुपन्देही, कपिलवस्तु, नवलपरासीसहित भारतको विभिन्न स्थानहरुबाट दर्शकहरुको उपस्थिति रहेको थियो ।

395657078_329399663009320_6178180132311705079_n.jpg

संगम सहारा युवा क्लब तिलोत्तमा नगरपालिका–१० सगरहवा रुपन्देहीका अध्यक्ष कन्हइ थारुको अध्यक्षता तथा राज चौधरीको सञ्चालनमा बुधबार कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै मंगलबार (हिजो) भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरी देवी चौधरीले बहुजातीय, बहुसाँस्कृतिक बहुभाषिक तथा बहुधार्मिकसहितको विविधतापूर्ण देश नेपालको पहिचान यहाँ मनाईने विभिन्न पर्वको निकै महत्वपूर्ण भूमिका रहेको बताइन् । 

WhatsApp Image 2023-10-25 at 8.41.39 PM.jpeg

त्यसै गरी तिलोत्तमा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष गोपाल प्रसाद घिमिरेले एक अर्काको धर्म संस्कृति र परम्परालाई सम्मान र देशको पहिचानको रुपमा विकास भएको बताए । वडा नम्बर १० का पूर्व वडाअध्यक्ष व्यासमुन थारुले चाडपर्व एकआपसमा सद्भाव कायम गर्ने बताए ।

हिजो भएको कार्यक्रममा थारु संस्कृति झल्किने विभिन्न झाँकीसहितको नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । श्री संगम सहारा युवा क्लबका उपाध्यक्ष चन्दन चौधरीको स्वागत तथा राज चौधरी र निलम चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।