२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदै

शुक्रवार , कार्तिक १०, २०८०

काठमाडौं, १० कार्तिक । नेपाल र  युनाइटेड अरब इमिरेट्स (यूएई) बीच प्रतिष्पर्धा हुँदैछ । त्रिदेशीय ट्वान्टी–२० श्रृंखलाको उपाधिका लागि आज नेपाल र यूएईका बीचमा प्रतिष्पर्धा हुन लागेको हो । सो खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबा। बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सो प्रतिष्पर्धाको क्रममा आज नेपाल र युएईबीच फाइनल खेल हुन लागेको हो ।  नेपाल, युएई र हङकङबीच जारी सिरिजबाट हङकङ भने यसअघि नै बाहिरी सकेको छ । 

जारी सिरिजमा लगातार चारवटा खेल जितेको नेपालले युएईलाइ दुईपटक पराजित गरिसकेको छ भने हङकङसँग पनि दुई जित हासिल गरेको थियो ।