२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

रुपन्देहीको मर्चवारीमा करेण्ट लागेर एकजनाको मृत्यु 

शुक्रवार , कार्तिक १०, २०८०

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, १० कार्तिक । 
    रुपन्देहीको मर्चवारी गाउँपालिकामा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मर्चवारी गाउँपालिका वडा नम्बर ५ बस्ने २१ वर्षिय रमन कुमार पाण्डे रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

    बिहीबार साँझ साढे ६ बजे डिजी नेटको तार मर्मत गर्ने क्रममा पाण्डेलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिए । डिजी नेटवर्ककै कर्मचारी समेत रहेका पाण्डे आफ्नै वडामा रहेको विद्युतीय पोलमा नेटको तार मर्मत गर्दै थिए ।

    सोही क्रममा करेण्ट लागि घाइते पाण्डेलाई उपचारको लागि भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी भट्टले जानकारी दिए ।