२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

राष्ट्रिय तथ्यांकको विवरण : नेपालमा सबैभन्दा बढी एकतले घर

सोमवार , कार्तिक १३, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, १३ कार्तिक  । 
    राष्ट्रिय तथ्यांक कार्यालयको विवरणअनुसार नेपालमा रहेका घरहरुमध्ये सबैभन्दा बढी एक तले रहेको उल्लेख  छ । सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालभर कुल ७५ लाख ५२ हजार ६६ वटा घर रहेको र यसमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको उल्लेख छ ।

    त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७, ०.०१ प्रतिशत ८ देखि ९ र ०.००३ प्रतिशत १० भन्दा बढी तले घरहरु रहेको पाइएको छ ।

    देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ ।