२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

आन्दोलनको विषयलाई लिएर विद्यार्थीहरुमाथि पूर्वाग्रहीपूर्ण व्यवहार हुँदैन : युसीएमएस

सोमवार , कार्तिक १३, २०८०

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, १३ कार्तिक ।
    युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) भैरहवा, रुपन्देहीले आन्दोलनको विषयलाई लिएर भोलिका दिनमा विद्यार्थीहरुमाथि कुनै पनि किसिमको पूर्वाग्रहीपूर्ण व्यवहार नगर्ने र मुल्यांकनमा भेदभाव नगर्ने भन्दै प्रतिवद्धता व्यक्त गरेको छ । कलेज प्रशासनले आन्दोलनमा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई यथाशिघ्र आन्दोलनका कार्यक्रमहरुलाई फिर्ता लिई आफ्ना शैक्षिक दिनचर्यामा फर्कन आग्रह गरेको छ ।

    युसीएमएस कलेज प्रशासनले सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै अस्पताल प्रशासन कलेजभित्र उत्पन्न हुने जुनसुकै समस्याप्रति जहिले पनि गम्भिर रहेको र संवादमार्फत नै समस्याको समाधान हुनुपर्छ भन्ने मान्यता राख्ने बताएको छ । 

    युसीएमसका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार पि.एस.ले आन्दोलनरत विद्यार्थीहरुसँग विभिन्न अनौपचारिक र औपचारिक वार्ताहरु कलेज प्रशासन, वार्ता समिति र बोर्ड सचिवको प्रतिनिधित्वमा समेत भइरहेको बताए । उनले आन्दोलनरत विद्यार्थीहरुबाट प्रतिनिधिमूलक रुपमा प्रस्तुत नहुँदा (२/३ सय विद्यार्थीहरुको माझमा नै बैठक बस्नुपर्ने अडानका कारण) हालसम्म पनि ठोस समाधान आउन नसकेकोले अस्पताल पूर्णरुपमा सञ्चालनमा बाधा उत्पन्न भएको बताए । 

    ‘एकातिर पछिल्लो समय विद्यार्थीद्वारा प्रमुख कार्यकारी प्रमुख कक्ष, प्राचार्य कक्ष, सह–प्राचार्य कक्ष, मेडिकल सुपरिटेण्डेण्ट कक्ष, इन्टर्नसिप संयोजक कक्ष, लेखा शाखा तथा मानव संशाधन शाखामा तालाबन्दी गरिएकोले अस्पतालको प्रशासनिक क्रियाकलाप पूर्ण रुपमा ठप्प रहेको छ भने अर्कोतर्फ अध्ययनरत आवासीय चिकित्सक तथा इन्टर्नहरु गत असोज २८ गते आइतबारदेखि आफ्नो कार्यक्षेत्रमा नफर्किदा अस्पताल सहजरुपमा पूर्ण सञ्चालनमा असुविधा सिर्जना भएको छ, ’उनले भने ।

    विद्यार्थीहरुद्वारा असोज २२ गते ‘विज्ञप्ति’ मार्फत सार्वजनिक गरिएका मागहरुको सम्बोधनका लागि युसीएमएस प्रशासनको धारणाहरु यसअघिका वार्ताहरुमा पनि विद्यार्थीहरुलाई जानकारी गराइएको पि.एस.ले बताए ।

    UCMS STATEMENT abt Agitation Final (1).jpg
    UCMS STATEMENT abt Agitation Final (2).jpg

    युसीएमएसमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका कारण कलेजको शैक्षिक कार्यक्रमहरु पूर्ण रुपमा प्रभावित भएको छ । 

    कलेजकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागू नगरी पहिलेको जस्तै यथावत राख्नुपर्नेलगायत विभिन्न माग राख्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम अन्तर्गत अस्पतालमा रिले अनशन जारी राखेका छन् ।

    IMG_2018.JPG