२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

आइसिसी टी–२० : नेपालले मलेसियासँग प्रतिष्पर्धा गर्दै

मंगलवार , कार्तिक १४, २०८०

काठमाडौं, १४ कार्तिक ।
नेपाल र मलेसियाबीचमा मंगलबार (आज) प्रतिष्पर्धा हुँदैछ । आइसिसी टी–२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज नेपालले मलेसियासँग प्रतिष्पर्धामा उत्रन लागेको हो । सो खेल दिउँसो १ः १५ बजेबाट सुरु हुनेछ । समूह एकका सबै खेल त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा हुनेछ । 

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिष्पर्धामा उत्रन लागेको हो । नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो ।