२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

परराष्ट्रमन्त्री साउद र अमेरिकन विदेशी मन्त्रीबीच भेटवार्ता

मंगलवार , कार्तिक १४, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १४ कार्तिक । 
    परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबीच भेटवार्ता भएको छ । अमेरिकाको संघीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबीचको जारी साझेदारीका बारेमा विस्तृत छलफल गरेका छन् । 

    सो भेटमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको जनाइएको छ । 

    नेपालको पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमापार विद्युत व्यापारलाई समर्थन गर्दै रहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिवद्धता जनाएको बताइएको छ ।