
मंगलवार , कार्तिक १४, २०८०
काठमाडौं, १४ कार्तिक ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाइएको छ ।
आजको बैठकमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्नेछन् । चारदिने नेपाल भ्रमणमा आएका गुटेरेसले पहिलो पटक नेपालको संसदमा सम्बोधन गर्न लागेका हुन् । उनी बुधवार फर्कदैछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij