२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन महासचिव गुटेरेसको आग्रह

मंगलवार , कार्तिक १४, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, १४ कार्तिक । 
    नेपाल भ्रमणमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन नेपालसँग आग्रह गरेका छन् । मंगलबार संघीय संसदको संयुक्त दुवै सदनको बैठकलाई सम्बोधन गर्दै उनले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन आग्रह गरेका हुन् ।

    नेपालको शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्रसंघका तर्फबाट सम्मान व्यक्त गर्दै उनले नेपाल शान्ति प्रक्रियाको अन्तिम चरणको तयारी रहेको र सङ्क्रमणकालीन न्यायको माध्यमबाट शान्ति प्रक्रिया टुंग्याउन लागेको बताए ।