२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

जसपा रुपन्देहीद्वारा कमलादेवी सिंहको निधनमा शोकसभा

मंगलवार , कार्तिक १४, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, १४ कार्तिक ।
    जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य मधु सिंह तथा रुपन्देही जिल्ला उपाध्यक्ष नवल किशोर सिंहको आमा कमलादेवी सिंहको निधनमा पार्टीले शोकसभा गरेको छ । ओमसतिया गाउँपालिका–४ स्थित बालापुर निवासी कमलादेवीको गत कार्तिक ६ गते निधन भएको जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताए । 

    नवौं दिनको पुण्यतिथिमा मंगलबार जसपा जिल्ला कार्यसमिति रुपन्देहीले स्व. कमलदेवी सिंहको निवासमा आयोजना गरेको श्रद्धाञ्जली सभामा पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादव, लुम्बिनी प्रदेश उपाध्यक्ष रामअवतार यादव, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवलगायत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    जसपाले स्व. कमलादेवी सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

    397898845_1947866678992327_95232753107645780_n.jpg