२०८२, भाद्र १३ गते

Aug 29 2025 | २०८२, भाद्र १३ गते

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

मंगलवार , कार्तिक १४, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, १४ कार्तिक ।

    काठमाडौंमा जारी टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै भेट्टाएको हो ।

    नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन जोड्दा  कुशल भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए ।

    यो जीतसँगै नेपाल समूह ए बाट सेमिफाइनल पुगेको छ । यसअघि मंगलबार बिहान सिंगापुरलाई हराउँदै सेमिफाइनलमा पुगेको ओमानसँग बुधबार नेपालले समूह विजेता र उपविजेताका निम्ति प्रतिष्पर्धा गर्नेछ ।