२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

आइसीसी टी–२० : नेपाल र ओमानबीच समूह ‘ए’को अन्तिम खेल हुँदै

बिहिवार , कार्तिक १६, २०८०

काठमाडौं, १६ कार्तिक ।

नेपाल र ओमानका बीचमा आज प्रतिष्पर्धा हुँदैछ । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान किर्तिपुरमा हुनेछ । यो खेल बिहान ९ बजे सुरु हुनेछ ।

यसअघि नेपालले सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएर ओमानसँग प्रतिष्पर्धा गर्न पुगेको हो भने ओमान पनि दुई खेलमा जीत हासिल गर्दै नेपालसँग प्रतिष्पर्धा गर्न आईपुगेको हो । उसले यसअघि मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले हराएको थियो । 

नेपालले ओमानसँग आफनो समूह अर्थात समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो ।  नेपाल र ओमानबीच आज हुने खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । टी–२० मा नेपाल र ओमानबीच ४ वटा खेल भएको छ । जसमा नेपाल तीन र ओमान १ खेलमा विजयी भएको छ ।