२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

राप्रपा सिद्धार्थनगर–३ को अधिवेशन सम्पन्न

आइतवार , माघ १८, २०७७

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • भैरहवा, १८ माघ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडा भेला तथा अधिवेशन भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले नारायण उपाध्यायको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा नन्द किशोर यादव, सचिवमा जोखु यादव र कोषाध्यक्षमा शारदा गुप्ता रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा दिपक बोहरा, रतन कुमार गुप्ता, सागर प्रताप राणा, अजय कुमार गुप्ता, कृष्ण प्रसाद भण्डारी, सुष्मा घिमिरे, राजेश कुमार ढकाल, गौरी थापा, शंकर खत्री, दुर्गा श्रेष्ठ, विनोद यादव, राजाराम भर, शंकर साहनी, राम बहादुर गुरुङ, तुल्षा पाण्डे, दीपक राज शर्मा, ओम प्रकाश अजाम, शंकरलाल कोहार र मधुसुदन सिंह रहेका छन् ।

    त्यस्तै ५ सदस्यीय सल्लाहकारमा इमामद्दीन धुनिया, शौकत अली शेष, चिराग अली मुसलमान, राधिका पाल र सन्तमाया सिंह रहेका छन् ।received_864568004393196.jpeg

    राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता, राप्रपा वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, पार्टीका कार्यसम्पादन समिति सदस्य तथा पूर्वमन्त्री निरञ्जन थापाको विशिष्ट आतिथ्यता, कार्यसम्पादन समिति सदस्य प्रदिप उदय, केन्द्रीय सदस्य वसन्त विक्रम शाही, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।