२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

आजदेखि सरकारी कार्यालय ४ बजेसम्म खुल्ने

बिहिवार , कार्तिक १६, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १६ कार्तिक । 
    सरकारी कार्यालयहरू आजदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका छन् । सरकारले कार्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालनको समय तय गरेको हो ।

    जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ अर्थात ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् ।