२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

आइसीसी टी–२० : नेपाल र युएईका बीचमा प्रतिष्पर्धा हुँदै

शुक्रवार , कार्तिक १७, २०८०

काठमाडौं, १७ कार्तिक । 
नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बीचमा प्रतिष्पर्धा हुँदैछ । जारी आसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो । सो खेल मुलपानी क्रिकेट मैदानमा  हुनेछ । खेल ठिक बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएका छन ।

केही समयदेखि जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक मानिएको खेलमा आज नेपालले यूएईसँग भिडन लागेको हो  ।

नेपाल समूह ‘ए’ को उप–विजेताका रूपमा समूह ‘बी’ को विजेता यूएईसँग भिड्ने भएको हो । यो खेलमा जीत हात पार्ने टोली विश्वकपमा छनोट हुने छ ।