२०८२, भाद्र १३ गते

Aug 29 2025 | २०८२, भाद्र १३ गते

यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टी–२० विश्वकपमा

शुक्रवार , कार्तिक १७, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं । नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ का लागि छनोट भएको छ।

    आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा  छनोट भएको हो।

    शुक्रबार मुलपानी मैदानमा भएको सेमिफाइनलमा नेपालले युएईमाथि ८ विकेटको सानदार जित निकालेकाे हाे । नेपालले सन् २०१४ मा पहिलो र अन्तिम पटक टी-२० विश्वकप खेलेको थियो ।