२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

एमाले रुपन्देहीले शनिबार चियापान कार्यक्रम गर्दै

शुक्रवार , कार्तिक १७, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • बुटवल, १७ कार्तिक । 
    नेकपा (एमाले) रुपन्देहीले दशैं, तिहार, छठ तथा नेपाल संवत ११४४ को अवसरमा यही कार्तिक १८ गते शनिबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । रुपन्देही जिल्ला कमिटीले पहिलोपटक यस्तो कार्यक्रमको आयोजना गरेको पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बताए ।

    प्रायः दलहरुले अन्तरपार्टी सम्वन्ध तथा कार्यकर्तासँगको सामिप्यता बढाउन यसप्रकारका कार्यक्रमको आयोजना गर्ने गरेका छन् । नेकपा (एमाले) का उपाध्यक्ष, रुपन्देही क्षेत्र नम्बर २ का सांसद, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा यस जिल्लामा क्रियाशील सम्पूर्ण पार्टीका नेता, कर्मचारी, सुरक्षा निकाय, पत्रकार लगायतको उपस्थिति रहने एमाले जिल्ला अध्यक्ष केसीले जानकारी दिए ।

    चियापान कार्यक्रम बुटवलको सुख्खानगरस्थित एमाले लुम्बिनी प्रदेश कार्यालय परिसरमा आयोजना गरिने पार्टीका जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए । कार्यक्रममा यस क्षेत्रका जनप्रतिनिधि, पार्टीका नेता, सुरक्षा निकाय, पत्रकार, विभिन्न संघ–संस्था लगायतलाई निमन्त्रणा गरिसकिएको एमाले रुपन्देहीले जनाएको छ ।