२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

नगरस्तरीय स्नुकर च्याम्पीयनसीपको फाइनलमा विपिन र शिशिरले प्रतिष्पर्धा गर्दै

शुक्रवार , कार्तिक १७, २०८०

भैरहवा, १७ कार्तिक ।
मनकामना स्नुकर हाउसको आयोजनामा भैरहवामा भएको नगरस्तरीय स्नुकर च्याम्पीयनसीप (प्रतियोगिता) मा विपिन विक र शिशिर गुरूङले प्रतिष्पर्धा गर्ने भएका छन् ।

कार्तिक ११ गतेदेखि सुरु भएको प्रतियोगितामा ६३ जना सहभागीमध्ये कार्तिक १५ गतेसम्म ८ जना मात्र छनोट भएका थिए । 

कार्तिक १६ गतेसम्म ४ जना छनौट भएको आयोजक संस्थाका वासु प्रधानले जानकारी दिए । फाइनलमा विपिन वि.क र  शिशिर गुरूङ सहभागी हुने आयोजकले जनाएका छन् । प्रतियोगिता अन्तर्गत फाइनल खेल कार्तिक १८ गते शनिबार (भोलि) समापन गरिने आयोजकको भनाइ छ ।