२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लुम्बिनीमा चाडपर्व लक्षित बजार अनुगमन सुरु

शुक्रवार , कार्तिक १७, २०८०

भैरहवा, १७ कार्तिक ।
चाडपर्वलाई लक्षित गर्दै रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले बजार अनुगमनलाई जोड दिएको छ । नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनको नेतृत्वमा शुक्रबारदेखि अनुगमन सुरु भएको हो । खास गरी चाडपर्वलाई मध्यनजर गर्दै मापदण्डविपरीत सामान खरिदविक्री हुने भएकोले सो कार्यलाई रोक्न बजार अनुगमनलाई जोड दिइएको नगरपालिकाले जनाएको छ ।

सोही क्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० मा रहेका केही पसलहरुमा अनुगमन भएको छ । किराना पसल, फलफूल र मिठाई पसललाई जोड दिइ अनुगमन गरिएको र अनुगमनका क्रममा मूल्य सूची नभएको, दर्ता प्रमाणपत्र भए पनि नविकरण नभएको, केही खाद्य वस्तुहरुको म्याद गुज्रिएको, दर्तामा उल्लेख गरिएको सामान भन्दा बाहिरको सामान विक्री वितरण भएको पाइएको नगर उपप्रमुख तथा अनुगमन समिति संयोजक कल्पना हरिजनले जानकारी दिइन् ।

उपभोक्ता र सेवाग्राहीहरुलाई मर्का नपरोस र व्यवसायीहरुलाई करको दायरामा ल्याउन यो अनुगमनलाई विशेष चासो दिइएको बताइएको छ । अनुगमनका क्रममा मापदण्डविपरीत फेला परेका पेट्रोलियम पदार्थ नष्ट गरिएको छ । बिना दर्ता सञ्चालनमा रहेका व्यवसायहरुलाई तुरुन्त व्यवसाय दर्ता गरी सञ्चालन गर्न सुझाव दिइएको नगरपालिकाले जनाएको छ ।

अनुगमनमा आपूर्ति तथा वाणिज्य कार्यालयका लक्ष्मी शर्मा, लुम्बिनी साँस्कृतिक नगरपालिका लेखा अधिकृत रामचन्द्र अर्याल, प्रशासन शाखा प्रमुख शोभाखर पौडेल, राजस्व शाखा प्रमुख डब्लु हरिजन, कर्मचारी अमरमणी त्रिपाठी, अखलेश कुमार पाण्डेय, प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।