२०८३, कार्तिक ७ गते

Oct 24 2026 | २०८३, कार्तिक ७ गते

म्यानमारमा ‘सैनीक कु’ प्रजातन्त्रबादी नेतृ आङ सान सू चीसेनाद्वारा गिरफ्तार 

सोमवार , माघ १९, २०७७

  • 7.1K
    Shares
  • 7.1K
    Shares
  • काठमाण्डौ। म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू चीलाई त्यहाको सेनाले पक्राउ गरेको छ। 

    प्रजातन्त्रबादी नेतृ सू चीलाई त्यहाको सेनाले पक्राउ गरेको उक्त पार्टीका प्रवक्ताले बताएका छन्। 

    सरकार र सेनाबीच तनाव बढिरहेका बेला सेनाले सत्ता हत्याउने आशङ्कामा सू चीलाई पक्राउ गरिएको बिबिसीले जनाइएको छ। 

    गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्मा पर्याप्त हुने गरी सिट जितेको थियो। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ।

    सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ।

    बिबिसीका अनुसार राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ। सडकमा सेनाको तैनाथी समेत बढेको छ।