२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

‘यस्तो भा छ मलाई त’ सार्वजनिक

शुक्रवार , कार्तिक १७, २०८०

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बुटवल, १७ कार्तिक ।
    जापानमा रहेर नेपाली संगीतलाई निरन्तर साथ दिइरहेकी सुमधुर स्वरकी धनी गायिका शान्ता जिसीको नयाँ गीत ‘यस्तो भा छ मलाई त’ सार्वजनिक भएको छ । लोक तथा आधुनिक संगीतमा आफूलाई पहिचान गराउन सफल गायिका शान्ता जिसीले भर्सटायल गायक प्रताप दाससँग केमेष्ट्री जमाएकी छन् । आवाजमा माधुर्यता रहेको दुवैको जो कसैलाई मन्त्रमुग्ध बनाउन सक्छ ।

    प्रेमिल जोडीको एक अर्कालाई छोड्न नि नसक्ने तर मायाले बाधिरहने जोडीको वार्तालापलाई मीठो लयमा ढालेर बनाइएको सो गीतलाई शुक्रबार जिसीले आफ्नै युट्युब पेज शान्ता जिसीमार्फत सार्वजनिक गरेकी हुन् ।

    रमाइलो टाइपको नाच्न मिल्ने सो गीतलाई एसके फिल्मले पोस्ट प्रोडक्सन गरेको छ । लोकराज अधिकारीको शब्दमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले मज्जाको संगीत भरेका छन् भने नरेश बीबीसीले सो गीतको मास्टरिङ्ग गरेका छन् । काजल श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको सो भिडियोमा कजिश श्रेष्ठ, लोमश शर्मा, करिश्मा ढकाल, समरिका  ढकालको बेजोड कपाल अभिनय छ । 

    अभिनयमा कलाकारलाई पोख्त र हेर्न लायक दृश्य निर्माणका लागि प्रशान्त मगरले निर्देशनमा सघाएका छन् । अजय रेग्मीको सिनेमाटो रहेको गीतलाई दिपक विस्टले सम्पादन तथा कलरिंग गरेका हुन् भने स्वरमा जादु शान्तासँगै प्रताप दासले भरेका छन् ।