२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

रोहिणीमा लागूऔषध दुव्यर्सन रोकथामका लागि युवाको भूमिका विषयक प्रशिक्षण

शनिवार , कार्तिक १८, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, १८ कार्तिक ।
    श्री सिद्धार्थ सामुदायिक सिकाई केन्द्र रोहिणी–४ छिपागढ, रुपन्देहीको आयोजनामा लागूऔषध दुव्यर्सन रोकथामका लागि युवा वर्गको भूमिका विषयक एकदिने प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । रोहिणी–४ स्थित छिपागढ माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा ७८ जनाको उपस्थिति रहेको श्री सिद्धार्थ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष संजय कुमार गुप्ताले बताए ।  छिपागढ माविमा कक्षा ११ र १२ का विद्यार्थीहरु कार्यक्रममा सहभागी भएको उनले जानकारी दिए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।

    संजय कुमार गुप्ताको अध्यक्षता, रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनको प्रमुख आतिथ्यता, रोहिणी–४ का अध्यक्ष तारानाथ यादवको विशिष्ट आतिथ्यता, वशं बहादुर धवल, इन्द्र कुमार यादव, इमरान खान, अहमद अली अन्सारी, सुर्यनारायण यादव, मीना पाण्डे, हरिद्वार हरिजन, दुर्गा घर्तीलगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    398418447_901426381339454_2422445391030436574_n.jpg

     

    चन्द्रमणि चौधरीको स्वागतमा भएको कार्यक्रमको सञ्चालन मीना पाण्डेले गरेकी थिइन् ।