
शनिवार , कार्तिक १८, २०८०
भैरहवा, १८ कार्तिक ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भूकम्पप्रभावित जिल्लालाई आर्थिक सहयोग गर्ने भएको छ । शुक्रबार मध्यराति आएको शक्तिशाली भूकम्पका कारण ठुलो धनजनको क्षती भएपनि तिलोत्तमा नगरपालिकाले भुकम्पप्रभावित दुई जिल्लालाई ५÷५ लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।
शुक्रबार मध्यरातमा गएको भूकम्पबाट प्रभावितको उद्धार र राहतका लागि तिलोत्तमा नगरपालिकाले रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिए ।
नगरप्रमुख खाणले घाइतेहरुको उद्दार कार्यमा सहज पुगोस् भन्ने उद्देश्यले राहत रकमसहित आफूले प्रयोग गर्दै आएको नगरपालिकाको बिएए ०९६० नम्बरको स्कार्पियो भूकम्पप्रभावित क्षेत्र पठाइएको जानकारी दिए ।
नगरपालिकाले अत्यावश्यक औषधिसहित ५ जना स्वास्थ्यकर्मीको टोलीसहित नगरपालिकाको एक एम्बुलेन्स पनि भूकम्पप्रभावित क्षेत्रमा पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij