
शनिवार , कार्तिक १८, २०८०
बुटवल, १८ कार्तिक ।
नेपाल पूर्व प्रहरी संगठन बुटवल उपमहानगर (ईलाका) को चौथो साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै साधारणसभा एव अधिवेशन सम्पन्न भएको हो ।
पूर्व प्रहरीहरुले भुतपुर्वको संगठन आवश्यकता रहेको महसुस गरेकोले स्थापना गरिएको संस्था पछिल्लो समय चलायमान भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताए ।
कार्यक्रममा बोल्दै पूर्व प्रहरी उपरीक्षक अजय भट्टराईले हाल कार्यरत रहेका सबैले आफूहरु भुतपुर्व हुनुपर्छ भन्ने बुझ्न आवश्यक रहेकोमा जोड दिए । उनले पूर्वहरुलाई गर्ने सम्मान समेत प्रहरीमा निकै कमजोर रहेको बताए । उनले आफ्नो जीवनको सम्पूर्ण उर्जावान समय खर्चिएको बताउँदै बहालवालाबाट नै एकताबद्ध भएर लागेमा सस्था बलियो हुने बताए ।
कार्यक्रममा पूर्व प्रहरी उपरीक्षक ईश्वरी प्रसाद चापागाईंले नेतृत्व लिनेले सबैलाई मिलाउँदै लैजान सक्ने क्षमता आवश्यक रहेको बताए । उनले संस्था चलायमान बनेको भन्दै अझै बलियो बनाउने गरी काम गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठन रुपन्देही अध्यक्ष प्रेम सिंह पौडेल, बुटवल ईलाका अध्यक्ष नारायण बहादुर रायमाझी, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख (डीएसपी) दान बहादुर थापा, नेपाल प्रहरी राजमार्ग सुरक्षा व्यवस्था कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) होम बहादुर थापा, बुटवल उपमहानगर समिति सचिव छबिलाल खत्री, लगायतले बोलेका थिए ।कार्यक्रममा कोषाध्यक्ष राधिका श्रेष्ठ प्रतिवेदन पारित समेत भएको छ ।
कार्यक्रममा बुटवल क्षेत्रका पूर्व प्रहरी एवं दिवंगत परिवार लगायतको सहभागीता रहेको थियो । अधिवेशनले नया नेतृत्व चयन गर्नेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij