२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

क्यान्सरपीडित परिवारलाई आर्थिक सहयोग

शनिवार , कार्तिक १८, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • बुटवल, १८ कार्तिक । 
    रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ मा रहेको मुनाल टोल विकास संस्थाले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । समितिको पाँचौं साधारणसभाको अवसरमा मिलनचोक मनकामना टोल निवासी आशादेवी खरेलको जीविकोपार्जनका लागि छोरा गोबिन्द खरेललाई १० हजार रुपैयाँ प्रदान गरिएको हो। उनलाई समितिका अध्यक्ष तथा पदाधिकारी र प्रमुख अतिथि लगायतले सहयोग रकम हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल–९ का वडा सदस्य सुर्य बहादुर कार्कीले आफू यही टोल विकास सस्था भित्रबाट नै जनप्रतिनिधि बनेको बताउँदै आफूहरुले टोलहरुको व्यवस्थापन भइरहेको बताए। 

    कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष जयलाल न्यौपानेले आफ्नोतर्फबाट काम गर्न नपाउने अवस्था हुँदा टोल विकास समितिको काम नदेखिएको गुनासो गरे । उनले २ जना सदस्य मुनाल टोलबाट भएपनि बजेट नपाएको गुनासो गरे । मुनाल टोल भित्र ७ पथ टोलभित्र रहेका छन् ।

    कार्यक्रममा निवर्तमान अध्यक्ष हेमा न्यौपाने, वरिष्ठ सल्लाहकार तिलकराम पौडेल, सिडिईसि अध्यक्ष भरतराम भट्टराई विकास समिति, सह–सचिव गौतम रिजाल लगायतले बोलेका थिए ।