२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १४३ पुग्यो

शनिवार , कार्तिक १८, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, १८ कार्तिक । 
    भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १४३ पुगेको छ । गए राती जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १४३ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १६६ जना पुगेका छन ।

    नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन् भने ८१ जना घाइते भएका छन् । र, रूकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन भने ८५ जना घाइते भएका छन् । घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ ।