२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

भुकम्पप्रभावित क्षेत्रमा ८ सय ५९ प्रहरी परिचालन

शनिवार , कार्तिक १८, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १८ कार्तिक । 
    भुकम्पपीडितको उद्दारका लागि ८ सय ५९ जना परिचालन गरिएको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा ४५० जना खटिएका छन् भने रूकुम पश्चिमवाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा ३ सय २० जना खटिएका छन् ।

    कर्णाली प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतवाट ३९ जना, चौरजहारी बेस क्याम्पबाट २० जना, नेपाल प्रहरी अस्पतालका चिकित्सक प्रहरी नायब महानिरीक्षकको कमाण्डमा मेडिकल टोलीका ११ जना, सल्लान प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जना र ईलाका प्रहरी कार्यालय बादेपीपल सुर्खेतबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ९ जना गरी ८ सय ५९ जना प्रहरी परिचालन गरिएको हो ।