२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङको ९२ औं श्रृंखला पूरा

शनिवार , कार्तिक १८, २०८०

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, १८ कार्तिक ।
    लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (तालिम)को ९२ औं श्रृंखला शनिबार पूरा भएको छ । भैरहवामा विगत २ वर्षदेखि निःशुल्क सञ्चालित यस तालिमबाट जीवन जिउने कलाका विभिन्न सीप सिक्न पाएको सहभागीहरुले बताएका छन् ।

    कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले तालिमको औपचारिक समारोहमा  प्रमुख अतिथिको भूमिका निर्वाह गर्ने समेत अवसर पाउने भएकोले सहभागीहरु उत्साहित भएको कार्यक्रमकी प्रमुख अतिथि सामाजिक अगुवा माया कंडेलले बताइन । कंडेल पनि तालिमकी प्रशिक्षार्थी हुन् ।

    कार्यक्रमका विशिष्ट अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कर्पोरेट उपाध्यक्ष रोहित कुमार अग्रवालले संघको परिसरबाट सुरु भएको यो तालिम भविष्यमा पनि नियमित हुनुपर्नेमा जोड दिए । उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘यो तालिमले प्रदान गरेको मंचको उपयोग गर्दै आज वक्ताका रुपमा प्रस्तुत हुन सकेको छु । म मात्र होइन सिद्धार्थ उद्योग वाणिज्य संघका धेरै साथीहरुले तालिमबाट लाभ लियौ र बोल्न सिक्यौं ।’ अग्रवाल तालिमका एक प्रोत्साहक पनि हुन् ।

    कार्यक्रमका अध्यक्ष व्यवसायी संजय कुमार जैसवालले धन्यवाद मन्तव्य राखेका थिए भने कार्यक्रमका संयोजक आइ.टी. विद्यार्थी शिशिर पौडेलले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन उद्यमी अनुपम गुप्ताले गरेका थिए ।

    २० जना सहभागीहरुले वाककलाको प्रस्तुति गरेका थिए र प्रस्तुतिमाथि सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव मंगल भण्डारीले टिप्पणी गरेको तालिम व्यवस्थापन समितिका सदस्य सिउवा संघका कार्यसमिति सदस्य विरेन्द्र ज्ञवालीले बताए । ‘तालिमको सुरुवात ध्यान योगाबाट गराइन्छ । तालिममा कुनै शुल्क लाग्दैन तर स्वेच्छिक रुपमा योगदान दिने सदस्यहरुको सहयोगबाट कार्यक्रम भैरहवास्थित होटल एसियन बुद्धमा सञ्चालन भइरहेको छ, ’ ज्ञवालीले भने । तालिमको प्रस्तोता तथा संस्थापक विजय पाण्डे रहेका छन् । पाण्डे उत्प्रेरक वक्ताका रुपमा पनि परिचित छन् ।