
शनिवार , कार्तिक १८, २०८०
रुपन्देही, १८ कार्तिक ।
लुम्बिनी प्रदेश सरकारले भूकम्पप्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ । शनिबार दाङको तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले डेढ करोड सहयोग गर्ने निर्णय लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बताए ।
प्रदेश सरकारले गृहमन्त्री पाण्डेयको नेतृत्वमा प्रभावित जिल्लामा टोली पठाउने निर्णयसमेत गरेको छ ।
लुम्बिनीले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेण्डण्न्ट डा. पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ ।
त्यसै गरी बाँकेका विभिन्न अस्पतालमा घाइतेका लागि उपचारको व्यवस्थापन गर्नुका साथै बुटवलकस्थित लुम्बिनीको प्रादेशिक अस्पतालबाट मेडिकल टीम घटनास्थल पठाइएको छ । प्रदेशका विभिन्न स्थानीय सरकारले पनि राहत घोषणा गर्दै त्यसतर्फ लागेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij