२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

काठमाडौंको ज्ञानेश्वरमा भत्काइएको एउटा घरलाई मेरो घर भनी दुष्प्रचार गरियो : शुक्ल

शनिवार , कार्तिक १८, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • रुपन्देही, १८ कार्तिक ।
    काठमाडौंस्थित ज्ञानेश्वरमा रहेको एउटा पुरानो घरलाई महानगरपालिकाले भत्काएकोमा आफ्नो घर भनी प्रसारित भएको भन्दै प्रतिनिधि सभा सदस्य तथा पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लले आपत्ति जनाएका छन् ।

    सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै शुक्लले भनेका छन्, ‘एकजना टिकटक मेकरले ज्ञानेश्वरको एउटा पुरानो घरलाई महानगरपालिकाले भत्काएकोमा मेरो घर भनी प्रसारित गरेकोमा त्यो घर मेरो नभएको स्पष्ट गर्दै म र मेरो पार्टीसमेतलाई लक्षित गरी गरिएको यस्तो प्रायोजित दुष्प्रचारप्रति मेरो घोर आपत्ति रहेको छ । ’

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का वरिष्ठ सह-अध्यक्ष समेत रहेका शुक्लले यो सरासर झुठो व्यहोरा भएको भन्दै अविलम्ब सच्याउन आग्रह गरेका छन् ।