२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

पुतली बाजेलाई सम्झदै बाबुरामले भने, ‘कक्षा छाडेर पनि पुतली समाउन जानुहुन्थ्यो’

शनिवार , कार्तिक १८, २०८०

काठमाडौं, १८ कार्तिक । 
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘पुतली बाजे’ को निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । नेपालका पुतलीहरुको बारेमा लामो अनुसन्धान गरेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतलीविज्ञ कोलन स्मिथको निधनमा गहिरो दुःख ब्यक्त गरेको हुन् । ‘पुतली बाजे’ ले चर्चित अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतलीविज्ञ कोलन स्मिथको शनिबार बिहान पोखरामा निधन भएको थियो । 

उनले यसरी सम्झिए :

मेरा आदरणीय गुरू तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतलीविज्ञ कोलन स्मिथ, जसलाई स्नेहभावकासाथ ‘पुतली बाजे’ भनिन्थ्यो, को आज ९ कार्तिक (१८) पोखरामा भएको आकस्मिक निधनबाट निःशब्द छु । केही वर्ष पहिले पोखरामा वहॉसंग भेट हुँदा मैले सोधेको थिएँ– ‘तपाईंलाई के इच्छा छ, सर, मैले के गर्न सक्छु ?’ वहॉले शान्तभावमा भन्नुभएको थियो– ‘म नेपालमै मर्न चाहन्छ ।। तर नेपाली नागरिक भएर मर्न चाहन्छु ।’

५० वर्षभन्दा बढी नेपालमै बसेर त्यत्रो अन्तर्राष्ट्रियस्तरको वैज्ञानिक खोज अनुसन्धान गर्ने व्यक्तित्वलाई पनि नागरिकता दिन हिच्किचाउने  हाम्रो सोंच र विधि विधानप्रति मलाई निकै लज्जावोध भयो । मैले समेत उच्चतहमा रोइकराइ गरेर वहॉले मानार्थ नेपाली नागरिकता पाउनुभएको थियो ।

मलाई वाल्यकालको सम्झना छ । हामी गोरखाको अमर ज्योति हाइस्कूलमा शायद पॉच कक्षामा पढ्थ्यौं । वहॉ हामीलाई विज्ञान पढाउनुहुन्थ्यो । समय मिल्यो कि पुतली समाउने जाली बोकेर छेउको जंगल चाहार्नुहुन्थ्यो । कहिलेकाहीं त कक्षाकोठाको झ्यालबाट बाहिर पुतली देख्यो कि “ऊ ।।ऊ । पत्ताली “भन्दै कक्षा छोडेर कुद्नुहुन्थ्यो । हामी केटाकेटी मज्जाले हॉस्थ्यौं ।’
वहॉप्रति हार्दिक श्रद्धासुमन !