
आइतवार , कार्तिक १९, २०८०
भैरहवा, १९ कार्तिक । रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले भुकम्पका कारण विपत्तिमा परेका नागरिकका लागि एक महिनाको सेवासुविधा दिने बताएका छन् ।
गाउँपालिकाको आइतबार बसेको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले विपत्तिमा परेकाहरुको राहत तथा उद्दारमा सहयोग पुगोस् भन्ने भावनाले एकमहिना बराबरको सेवासुविधा प्रदान गरेको बताए ।
शुत्रबार मध्यराति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु बनाएर आएको भुकम्पले ठूलो मात्रामा जनधनको क्षति पुर्याएको थियो ।
त्यस्तै कार्यपालिका सदस्य तथा गाउँसभा सदस्यहरुले पाँचदिनको सेवासुविधा बराबरको सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए । अध्यक्ष घिमिरेले विपत्तिमा परेका आम नागरिकलाई सहयोग गर्न स्वदेश तथा विदेशमा रहेको सबै सियारीवासी नागरिकलाई आग्रह समेत गरेका छन् । उनले सियारी गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष खातामार्फत भुकम्पपीडित परिवारलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।
गाउँपालिकाको एनआईसी एसिया बैंकमा रहेको खाता नम्बर ०९३२०५००१४९४१०२५ मा सहयोग गर्न चाहेको रकम जम्म गरी मानवीय सेवामा लाग्न गाउँपालिकाले आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij